उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका हुन् ।
उनले भने, ‘मैले राजीनामा बुझाएको छु । मैले मेरो स्वविवेक प्रयोग गरेँ । त्यत्तिकै विवादमा किन पर्ने ? म राजीनामा दिने पक्षमा गएँ । मैले राजीनामाको जानकारी दिइसकेको छु । आज गएर राजीनामा बुझाउँछु ।’
प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बाध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको उनको भनाइ छ ।