१२ लाख स्मार्ट लाइसेन्स छाप्न ठेक्का सम्झौता

सरकारले १२ लाख वटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता गरेको छ ।

समयमै कार्ड आपूर्ति नहुँदा स्मार्ट लाइसेन्स छपाइ प्रभावित हुने भएपछि थप कार्ड आपूर्तिका लागि बुधबार ठेक्का सम्झौता भएको यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सीराम गौतमले बताए ।

जर्मनीको मचल्बर आईडी सर्भिसले १४ लाख ९८ हजार डलर (करिब १९ करोड ८५ लाख रुपैयाँ) रुपैयाँको ठेक्का पाएको हो । ८ लाख ६१ हजार लाइसेन्स छाप्न बाँकी रहँदा विभागमा अहिले साढे ३ लाख मात्रै बार्ड बाँकी छन् ।

महानिर्देशक गौतम थप कार्ड आपूर्तिका लागि स्रोत सुनिश्चितता माग गरिसकेको बताउँछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *