लुम्बिनी जनरल इन्स्योरेन्सले पारित गर्यो लाभांश, बोनस कति ?

 लुम्बिनी जनरल इन्स्योरेन्सले फागुन १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गर्दै प्रस्तावित कुल ७ दशमलव ३६ प्रतिशत लाभांश समेत पारित गरेको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स १०० बराबर ८० शेयर स्वाप रेसियोका आधारमा मर्जरमा जान लागेका हुन ।

मर्जरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार गर्ने निर्णय सभाले गरेको छ । स्वाप रेसियो अनुसार एकिकृत कारोबारपछि हाल लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेले ८० कित्ता शेयर प्राप्त गर्नेछन् । सगरमाथा इन्स्योरेन्सका शेयरधनीको हकमा भने १०० कित्ता शेयर वराबर १०० नै कायम हुनेछ ।

कम्पनीले प्रस्ताव गरेको ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३७ प्रतिशत नगद लाभांश समेत सभाले पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोड २७ लाख ८४ हजार रहेको छ । सोही पूँजीको आधारमा ६ दशमलव ९९ बोनस शेयर वितरण गर्ने निर्णय गरेको कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड ४५ लाख ४७ हजार पुगेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २७ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा माघ २६ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त योग्य भएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *