हिमालयन र सिभिल बैंकको एकिकृत कारोबार फागुन १२ देखि, पुँजी ३४ अर्बभन्दा बढी

हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले  फागुन १२ गतेदेखि देखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्तावलाई पारित गरेका थिए । दुई बैंकले मर्ज भएर हिमालयन बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति  दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो ।

सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्ति पश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।
प्राप्ति प्रक्रिया पुरा गर्नु अघिनै दुबै बैंकले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फतनै दुबै बैंकले लाभांश प्रस्ताव पारित गरेको हो ।

यस वर्ष सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको । त्यस्तै हिमालयन बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

कुल निक्षेप २ खर्ब ७४ अर्ब  भएको बैंकमा  कुल कर्जा २ खर्ब ५० अर्ब  भएको  बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ ।प्राप्ति पश्चात बैंकको केन्द्रिय कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी काठमाडौंमा रहनेछ । सिभिल बैंक प्राप्ति पछि बैंकको कुल पुँजी ३४ अर्ब  नाघेको बैंकले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *