नेपाल प्रहरीमा एआईजी, डिआईजी, एसएसपी र एसपीहरुको बढुवा चक्करले हाकिमहरु कोरोना न सोरोना भन्दै शक्ती केन्द्र रिझाउन लागि परिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारले एआईजी दरवन्दी थपका लागि उपयुक्त नमानेकाले नेपाल प्रहरीको ३ एआईजी बढुवा थप अन्योलमा परिरहँदा प्रहरीमा तल्लो दर्जालाई सरुवाको चिन्ताले सताएको छ ।
नेपाल प्रहरीमा तयारी अवस्थामा रहेको एकाउन्टेन ९सई०,इन्स्पेक्टर,डिएसपी र एसपीहरुको सरुवा अझै कति लम्बाउने हो ? प्रहरी भित्र यो प्रश्न उब्जिएको छ ।
बुधबार सकिएको राष्ट्रिय सभाको निर्वाचन लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा व्यापक हेरफेर हुने आंकलन भइरहेको छ ।
नेपाल प्रहरीमा विभिन्न जिल्लाका एसपी र डिएसपीको सरुवाको तयारी गरेको छ । एसपीको सरुवामा सबैको ध्यान चितवनमा केन्द्रित छ भने डिएसपीको सरुवामा रसुवा त्यस्तै आर्कषक केन्द्र हो ।
चितवनका एसपी ओम अधिकारीको एक वर्षको अवधि पुगेकाले उनको सरुवा हुन लागेकाले एसपी नवराज अधिकारी नेपाली कांग्रेसका नेता र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चाकडीमा लागेको चर्चा छ ।
उनी जस्तै चितवनका लागि एसपी कृष्ण पंगेनी पनि शालीकराम जमरकट्टेल लगायतका नेता लगाएर चितवन जाने प्रयासमा छन् ।
त्यसैगरि एसपी जय राज सापकोटा,दिपेन्द्र केसी,डम्बर बिक,प्रजित केसी ,अजय केसी,कृष्ण कोइराला, रामेश्वर यादब, रविन्द्रनाथ रेग्मी,विरबहादुर ओली, श्याम कुमार महतोे,दयानिधि ज्ञवाली लगायत दर्जन भन्दा बढी एसपीहरु कुनै न कुनै जिल्ला पाउँ भन्दै शक्ती केन्द्रको दौडमा रहेका छन् ।
यही सरुवामा रुपन्देही,मोरंङ,सुनसरी,महोत्तरी,पश्चिम नवलपरासी, बर्दिया, कैलाली, सिन्धुपाल्चोक लगायतका जिल्ला चलाउने आन्तरिक तयारी भइरहेको छ ।
त्यस्तै, विभिन्न जिल्लाका डिएसपीको पनि एक वर्षको अवधि पुगिसकेको छ । डिएसपी सरुवाका लागि प्रहरी अधिकारीहरु नेताको घर घर दौडिएका छन् ।
सरुवामा धेरैजसो रसुवा, पर्वत, म्याग्दी, दोलखा, संखुवासभा लगायतका जिल्ला जान चाहेका छन् । सरुवामा बिचौलियाहरुको समेत रोचक दौड चलेको छ ।
रसुवामा कुलदिप चन्दको नाम टुंगिए पनि प्रधानमन्त्री निवास बालुवाटारका डिएसपी कोमल शाहले अर्कै नाम सिफारिस गरेको भन्दै खैलाबैला मच्चिएको छ ।
त्यसै गरि डिएसपी राजन भुजेल, प्रदिप क्षेत्री,राजन कार्की, विजय यादब, दिप्ती कार्की,छिरिंग कृपा लामा,मित्रबन्धु शर्मा,भागेन्द्रपुरुष ढकाल, दिपक खड्का, शरद कुमार थापा,बसन्त शर्मा, उमेश जोशी,रुगम कुँवर, काजी कुमार आचार्य, हरि नन्दन,शरद गिरी लगायत जिल्ला नेतृत्व गर्ने गरि सरुवाका लागि इच्छा देखाएका छन् ।
उता काठमाडौं प्रहरी वृतमा राम्रो काम देखाउन नसकेको भन्दै स्रोहखुट्टे ,बौद्ध,गौशाला, तिनकुने लगायतका वृतमा पनि नँया डिएसपी पठाउने की भनेर प्रहरी हेडक्वाटरमा छलफल भइरहेको छ ।
६ एसएसपीको पद रिक्त भएसँगै यस्तो दौड
त्यसैगरि, एसएसपीको उमेरहदका कारण नरबहादुर केसी, विक्रमबहादुर चन्द, हरिराज वाग्ले र सुदीपराज भण्डारीले अनिवार्य अवकाश पाएका थिए ।
त्यस्तै एसएसपी सुशीलकुमार यादवको निधन र पूजा सिंह प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मा बढुवा भएपछि ६ जना एसएसपीको पद रिक्त छ ।
प्रहरी प्रशासनतर्फ कुल ५४ एसएसपीको दरबन्दी कायम गरिएको छ ।
६ एसएसपीका लागि २०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी उपरीक्षक ९एसपी० दिल्लीराज विष्ट,एसपी गणेश चन्द पनि एसएसपी बढुवाका बलिया प्रतिस्पर्धी हुन् ।
उनीहरू दुई जनाबाहेक अन्य सबै एसपी यसअघि नै एसएसपी बढुवा भइसकेका छन् ।
उनीहरू पछिका एसपीहरू ईश्वर कार्की,सिद्धिविक्रम शाह,उमा चर्तुवेदी, दानबहादुर कार्की, बामदेव गौतम, सुरेन्द्र गुरुङ, राजन अधिकारी समेत एसएसपीको दौडमा छन् । आजको अभियान टाइम्स साप्ताहिकमा समाचार छ ।