महिला लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
संस्थाको गत शुक्रबार (माघ २० गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्ट भ्युटार मार्गमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४७।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश छन्।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।






