खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

पुस मसान्तसम्म आइपुग्दा संस्थाको खुद नाफा ३७.२५ प्रतिशतले घटेर २६ करोड ४७ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिसम्म संस्थाले ४२ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ३७.२५ प्रतिशतले घटेर ३७ करोड ८२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ६० करोड २७ लाख रुपैयाँमा थियो।

संस्थाको खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले घटेर ७९ करोड ८६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ८३ करोड ५२ लाख रुपैयाँ रहेको थियो।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढ्दा नाफा प्रभावित भएको देखिएको छ । संस्थाको एनपीएल ०.७५ प्रतिशतबाट बढेर २.८३ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा संस्थाले ९ अर्ब ९ करोड रुपैयाँ सापटी लिई २३ अर्ब २४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९ अर्ब ४८ करोड रुपैयाँ सापटी लिई २३ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी १ अर्ब ३ करोड रुपैयाँ संस्थाको जगेडा कोषमा ८५ करोड २८ लाख रुपैयाँ सञ्चित छ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ६३.०९ प्रतिशतले घटेर ५१.२० रुपैयाँ झरेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस १३८.७१ रुपैयाँ थियो। पीई रेसियो ५९.३४ गुणा र प्रतिसेयर नेटवर्थ २९४.६९ रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *