चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि आजसम्म राय–सुझाव पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले गत माघ ९ गते एक सूचना प्रकाशित गरी सरोकारवाला निकायहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको थियो । राय–सुझाव आज (माघ २० गते) सम्म उपलब्ध गराउन सक्ने राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको ई–मेल monetarypolicy@nrb.org.np मा राय–सुझाव पठाउन सकिन्छ।







