सुनको मूल्य घट्यो, कति छ मूल्य ?

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *