घट्यो कुखुराको मासुको मूल्य

काठमाडौं । बजारमा कुखुरा मासुको भाउ घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज बुधबारदेखि लागु हुने गरी मासुको भाउ घटेको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए ।

बीसीका अनुसार जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ५० रुपैयाँ थियो । यस्तै, तयारी कुखरा मासुको मूल्य पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँले घटेको हो । यसअघि ३ सय ४५ रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँमा झरेको अध्यक्ष बीसीले बताए ।

यतिबेला कुखुरा उत्पादनमा वृद्धि भएका कारण मासुको मूल्य घटेको उनको भनाइ छ । ‘उत्पादन वृद्धि भइरहेको छ, तर बिक्री एकदमै कम छ,’ उनले भने, मासुको भाउ अझै घट्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *