मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार (माघ १६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँको कुल ५ प्रतिशतले हुन आउने ७० लाख ८७ हजार २७५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ४.७५ प्रतिशतले हुन आउने ६७ लाख ३२ हजार ९११.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ३६३.७५ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *