६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब पुग्यो

चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा मुलुकले ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु आयात भएको छ । समीक्षा अवधिमा आयात २०.६८ प्रतिशतले घटेको छ ।

यस अवधिमा ८० अर्ब ८० करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ। निर्यातभन्दा आयात बढी हुँदा मुलुकले उक्त रकम बराबरको घाटा व्यहोरेको हो । वस्तु निर्यात पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको सोही अवधिको तुलनामा ले खुम्चिँदा भएको हो। गत आवको पुससम्म ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको वस्तु आयात भएकामा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको निर्यात भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *