स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार बढी कित्ता सेयर बिक्रीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ५९ हजार कित्ता बढी सेयर आज माघ १० गतेबाट लिलामीमा राखिएको छ।

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर माघ १० गतेबाट लिलामीमा राखिको हो। लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमा बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम दिन माघ २४ गतेसम्म रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *