अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

लालुपाते बहुउद्देश्यीय सहकारी संकटमा, बचत रकम फिर्ता गर्न बचतकर्ताको माग

  • अर्थ सन्जाल
  • १० माघ २०७९, मंगलवार ११:५६


खोटाङ। लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम फिता गर्न माग गरेका छन् । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधनपछि बन्द रहेको संस्थाले आफूहरूको रु सात करोड बढी बचत रकम फिर्ता नगरेको उनीहरुको भनाइ छ ।

आफूहरूको बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले सङ्घर्ष समिति गठन समेत गरेका छन् । बचतकर्ता धनीराम नछुङले भने, “आफूहरूको बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन । सम्बन्धित निकायले चासो नदिएपछि हाम्रो अन्तिम विकल्प आन्दोलनबाहेक रहेन । ”

सो सस्थामा चार हजार पाँच सय बचतकर्ता रहेको जनाइएको छ । वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा समेत लगानी गर्ने नाराका साथ विसं २०७२ मङ्सिर १० गते दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीमा रु ५१ लाखसम्म बचत गर्ने बचतकर्ता रहेका छन् । आफूले जम्मा गरेको बचत रकम फिर्ता माग्नका लागि बचतकर्ता दैनिकजसो ढोका ढकढकाउन सहकारीको कार्यालय पुग्ने गरेका छन् ।

घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न रु ५१ लाख रकम सहकारीमा जम्मा गरेर राखेको केही समयपछि सहकारी नै डुबेपछि परिवारमा समस्या भएको बचतकर्ता लेखनाथ आचार्यले गुनासो गरे । “आफूहरूले दैनिक थोपाथोपा गरेर सहकारीमा जम्मा गरेको बचत रकम डुबेकाले अन्तिम विकल्पका रूपमा आन्दोलनमा उत्रनुपरेको छ”, उनले भने, “बचत फिर्ता गर्ने विषयमा तत्काल सम्बन्धित निकायले चासो नदिएको खण्डमा ठूलो समस्या सिर्जना हुने अवस्था आएको छ ।”

सहकारीका कारण कतिपयको परिवार नै बिखण्डन हुने अवस्थामा पुगेको बचतकर्ता एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पूर्व वडाध्यक्ष टङ्क आचार्यले बताए । “श्रीमान्ले १०÷१५ वर्षसम्म विदेशमा कमाएर पठाएको पैसा श्रीमतीले सहकारीमा जम्मा गरेका छन्”, उनले भने, “अहिले विदेशबाट घर फर्केर आउँदा आफूले पठाएको पैसा नहुँदा धेरैको घरमा झगडा भएको छ ।”

जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्षसमेत रहेका जोशीको विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न आउँदा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिर आएको थियो ।

विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । बचतकर्तालाई निमित्त व्यवस्थापक सुमिना राईले ‘बचत फिर्ता गरिदिने’ भन्दै सम्झाइबुझाइ फर्काउने गरेका छन् । जोशीले सहकारीको नाममा खरिद गरिएको जग्गासमेत परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । बचतकर्ताको रकम फिर्ता गर्न तत्कालीन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी संस्थाका सदस्य तुलसीराम आचार्यले बताए ।

पछिल्लो समय सञ्चालक समितिले ऋण असुल गर्दै बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थियो । ऋण असुल गर्नका लागि ऋणीलाई ३५ दिने, १५ दिने र सातदिने पत्र पठाएर ताकेता गर्दा केहीबाहेक अधिकांश ऋणीले ऋण भुक्तान गर्न नआएको सहकारीले जनाएको छ ।

सहकारीको ७४ जना ऋणी छन् । उनीहरूले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिन्छ । तर उनीहरूमध्ये अधिकांशले मृतक जोशीलाई आफूले लगेको ऋणवापतको रकम फिर्ता गरिसकेको बताउने गरेका छन् ।

सहकारीको जग्गाबाहेक सावाँब्याजसहित करिब रु १० करोड ऋण लगानी रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । बचतकर्तालाई सावाँब्याजसहित करिब रु सात करोड फिर्ता दिनुपर्ने लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन देखिएको सञ्चालक समितिले जनाएको छ ।

सहकारीबाट भएका ऋण लगानी उठाउन सके बचतकर्तालाई उनीहरूको बचत फिर्ता दिएर केही रकम बच्ने अवस्था रहेको सदस्य आचार्यले बताउनुभयो । चल–अचल सम्पत्ति हेर्दा सहकारी डुबेको नभई सङ्कटमा फसेको देखिन्छ ।

अधिकांश ऋणीहरू मृतक अध्यक्ष जोशीका परिवार तथा आफन्त, दिक्तेल बजारका प्रतिष्ठित व्यापारी र एकजना पोखराका व्यक्तिसमेत देखिएका छन् । उनीहरूले सञ्चालक समितिको निर्णयबिना नै विभिन्न समयमा ऋण लगेको तर, हालसम्म फिर्ता नगरेको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ ।

सहकारीमा देखिएको समस्या समाधानका लागि आफू सक्रियताका साथ लागिपरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताए । सहकारीका कारण धेरैको घरबार सङ्कटमा परेकाले सबैभन्दा बढी सञ्चालक समितिले चासो दिनुपर्ने न्यायिक समितिका संयोजकसमेत रहेका उनको भनाइ छ । रासस

Artha Sanjal
मिती : १० माघ २०७९, मंगलवार ११:५६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

सचिवको सरुवा र पदस्थापन

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

ताजा समाचार

  1. ‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
  2. सचिवको सरुवा र पदस्थापन
  3. युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
  4. मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
  5. भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना
  6. विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
  7. मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विजनेश फोकस

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन...

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्...

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी ...

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ, सूचना प्रव...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.