

सेयरबजारमा दाेहाेराे अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.०५ अंकले घटेर ४१४.०१ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २५८ कम्पनीको १० करोड ७५ लाख ९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ । यसदिन ३ अर्ब ८६ करोडमाथिको कारोबार भएको छ ।
यसदिन ४१ कम्पनीको सेयर मूल्य बढेको छ, भने १६६ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
Artha Sanjal
अर्थ सन्जाल