सेयर बजारमा दाेहाेराे अंकको गिरावट, साढे ३ अर्ब माथिको कोरोबार

सेयरबजारमा दाेहाेराे अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.०५ अंकले घटेर ४१४.०१ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५८ कम्पनीको १० करोड ७५ लाख ९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ । यसदिन ३ अर्ब ८६ करोडमाथिको कारोबार भएको छ ।

यसदिन ४१ कम्पनीको सेयर मूल्य बढेको छ, भने १६६ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *