इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाले गत आर्थिक वर्षमा नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेकोले आयकर ऐन, २०५८ बमोजिम बोनस सेयरमा लाग्ने छुट सुविधा उपयोग गरी कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको संस्थाले जनाएको छ।
Artha Sanjal







