नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीको खातामा लाभांश जम्मा

साबिक नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि पारित गरेको ७ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ ।

गत पुस ७ गते सम्पन्न बैंकको ३६ औँ वार्षिक साधारणसभाबाट स्वीकृत नगद लाभांश बैंकले सेयरधनीहरुको डिम्याट खातामा उल्लेखित बैंक खातामा जम्मा गर्न थालेको हो । गत मंसिर २० गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खातासमेत अद्यावधिक गराएका सेयरधनीहरुको हकमा सम्बन्धित बैंक खातामै जम्मा भइरहेको बैंकले जनाएको छ।

नगद लाभांश पाउन आफ्ना सेयर प्रमाणपत्र हालसम्म अभौतिकीकरण नगरेका सेयरधनीहरुले यथाशीघ्र डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न बैंकले आग्रह गरेको छ।

यदि सेयरधनीले उपलब्ध गराएको बैंक खाताको विवरण गलत भई अरुको नाममा लाभांश रकम जम्मा भएमा सोको जिम्मेवारी सम्बन्धित सेयरधनी स्वयं हुने बैंकले स्पष्ट पारेको छ।

इन्भेस्टमेन्ट बैंक र मेगा बैंक आपसमा मर्जर भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *