सुनको मूल्य बढेकाे बढ्यै, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा (सोमबार) पनि सुनको मूल्य  बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन  प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला  १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *