यूनियन,प्राइम र गुराँस लाईफबीच मर्जरकाे अन्तिम सम्झाैता आज,‘हिमालयन लाईफ इन्स्याेरेन्स’ काे नामबाट काराेबार

काठमाण्डाै‌ । यूनियन लाईफ, प्राइम लाईफ, र गुराँस लाईफ इन्स्याेरेन्सबीच मर्जरकाे लागि आज अन्तिम सम्झाैता हुदैछ । यी ३ जीवन बीमा कम्पनीहरूको संयुत सहमति पत्रमा अहिले दिउँसाे (आईतबार ) हस्ताक्षर हुँदैछ। यी कम्पनिले हिमालयन लाईफ इन्स्याेरेन्सकाे नामबाट एकीकृत काराेबार सुरु गर्ने भएका छन् । यी कम्पनीहरूबीच आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा २०७९ बैशाख २९ गते प्रारम्भिक सम्झाैता पत्रमा हस्ताक्षर भएकाे थियाे ।

अन्तिम सम्झाैता पत्रमा सहमती भएसँगै यी तीनवटै कम्पनीले एकीकृत काराेबारका लागी साधारण सभा वा विशेष साधारण सभाबाट एकीकृत काराेबारका लागी अनुमाेदन गराउनुपर्नेछ । त्यसपछि कम्पनी रजिष्ट्रारकाे कार्यालय र नेपाल बीमा प्राधिकरणमा समेत एकीकृत कम्पनी दर्ता गरेपछि एकीकृत काराेबारका लागी प्राधिकरणबाट पूर्व सहमती प्राप्त गर्नुपर्नेछ ।

नया बन्ने कम्पनीको संचालक समितिकाे नेतृत्व यूनियन लाईफ इन्स्याेरेन्सका अध्यक्ष शुलभ अग्रवालले गर्नेछन् भने यूनियन लाईफ इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत(सिईओ) मनोज कुमार लाल कर्ण रहने छन्। साथै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ( डेपुटी )काे जिम्मेवारी प्राइम लाईफका प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल, गुराँस लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाललाई दिईने सम्झौता भएको छ ।

यूनियन लाईफ इन्स्याेरेन्सले २०७४ सालदेखि जीवन बीमा व्यवसाय प्रारम्भ गरेकाे थियाे भने प्राइम लाईफ र गुराँस लाईफ २०६४ सालदेखि संचालनमा आएका हुन् । यूनियन लाईफमा शंकर समूह, प्राइम लाईफकाे मुख्य प्रवर्द्धक खेतान समूह र गुराँस लाईफमा दुगड समूह र गाेल्छा समूह लगायतले नेतृत्व गरेका छन् ।

मर्जरपश्चात् यी ३ कम्पनीको चुक्ता पूंजी ७.०१ अर्ब , जगेडा तथा कोष २.१४ अर्ब , जीवन बीमा कोष ४०.०३ अर्ब र हालसम्म कुल बीमाशुल्क ६३.८० अर्ब पुग्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *