सोलार फार्मले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सोलार फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले २० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। जसअनुसार कम्पनीले १०० अंकितदरका कुल २० लाख कित्ता आईपीओ आयोजना प्रंभावित स्थानीय तथा सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सोलार फार्मबाट अध्यक्ष आशबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

सोलार फार्मको अधिकृत पुँजी ६५ करोड रुपैयाँ, जारी पुँजी ६५ करोड रुपैयाँ र चुक्तापुँजी ४५ करोड रुपैयाँ रहेको छ।

नेपालको पहिलो सोलरबाट विद्युत उत्पादन गर्ने संस्थाका रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगा वाट क्षमताको सोलारबाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ। यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं.५ बेल चौतारामा अवस्थित छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *