एनआईसी एसिया बैंकका ३५ वटा शाखा र विस्तारित काउन्टरहरु बन्द

 विश्वभर कोभिडको तेस्रो लहर सुरु भएसँगै कोभिड-१९ को संक्रमण बढ्न थालेपछि एनआईसी एसिया बैंकले आफ्ना ३५ वटा शाखा तथा विस्तारित काउन्टर बन्द गरेको छ।

बैंकले आइतबार सूचना जारी गर्दै बागमती प्रदेशका २३ वटासहित देशका विभिन्न स्थानमा ३५ वटा शाखा तथा विस्तारित काउन्ट बन्द गरेको हो।

कोभिडका कारण सृजना भएकाे असहज परिस्थितिका कारण बैंकले यी शाखा तथा विस्तारित काउन्टहरु बन्द गर्नु परेको बैंकले जानकारी दिएकाे छ।

बैंकका बन्द रहने शाखाहरु

प्रदेश १ मा

पुष्पलाल चोक र रोडशेष चोक (विराटनगर) तथा धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका विस्तारित काउन्टर पनि बन्द गरेको छ।

प्रदेश २ मा

महेन्द्रनगर (धनुषा) शाखा, गण्डकीमा डुम्रे शाखा, कर्णालीमा जुम्ला जोड शाखा तथा लुम्बिनी प्रदेशमा डिंगरनगर (तिलोत्तमा), रुन्द्रपुर, भैरहवा, देवकोटा चोक शाखा र मनिग्राम ४ नम्बर शाखा बन्द रहने छन्।

बागमती प्रदेशमा

बालाजु, ग्वार्को, कीर्तिपुर, न्युरोड (खिचापोखरी), ठूलो भर्याङ, बसेनी, हेटौँडा, महाराजगन्ज, पेप्सीकोला, गोदाबरी किटिनी, काँडाघारी, नारायणगढ, शंखमूल, गोठाटार, कौशलटार, न्याैपाने गाउँ र सिनामंगल शाखा बन्द गरिएका छन्।

त्यस्तै, बागमती प्रदेशकै धोबीघाट, थैव, लामाटार, इकाछु, लुभु र चन्द्रागिरी विस्तारित काउन्ट पनि बन्द गरिएको छ।

बैंकका यी शाखा तथा विस्तारित काउन्टरबाहेक देशका विभिन्न स्थानमा रहेका अन्य शाखा तथा विस्तारित काउन्टर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलै रहने बैंकले जनाएकाे छ। साथै बैंकिङ आवश्यकताका लागि डिजिटिल माध्यमलाई पहिलो प्राथमिकतामा राख्न र सुरक्षित रहन बैंकले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *