एन‍‍‍‍एमबी बैंकले ३.५०% सेयरधनीलाई नगद लाभांश वितरण

एनएमबि बैंकले आफ्ना सेयरधनीलाई ३.५०% नगद लाभांश बैंकमा खातामा पठाउन थालेकाे छ ।

डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा बैंकले आइतबार (हिजाे) बाट नगद जम्मा गरिदिन सुरु गरेको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न बैंकले आग्रह गरेकाे छ ।

शेयरधनीले अपडेट गरेपछि मात्र नगद लाभांश खातामा आउने छ । एनएमबीको पुस २२ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १२.५०% बोनस सेयर र कर प्रयोजनसहित ३.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोही नगद सेयरधनीको खातामा पठाइएको हो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्ने बैंकले जनाएकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *