एनआईसी एशिया बैंकले गर्यो प्रस्तावित लाभांश रद्द

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई लाभांश बाँड्न रोकेको छ ।बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि प्रस्तावित १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश रद्द गरेको हो ।बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश दिन नपाउने पहिलो र एक मात्रै बैंक एनआईसी एशिया हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *