नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी नियुक्त भएका छन् । एनएमबी बैंकका सीईओ सुनिल केसी संघको अध्यक्षमा चयन भएका हुन् । संघको विशेष साधारणसभाले केसीलाई सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला नियुक्त भएका छन्। यसअघि संघका अध्यक्ष रहेका कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायको कार्यकाल सक्किएर विदा भएसँगै अध्यक्ष पद रिक्त थियो ।







