अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए

  • अर्थ सन्जाल
  • २७ पुष २०७९, बुधबार १७:३४


यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए ।

“गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिए”, उनले भने । चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको ‘राज सुड सुडिया’ नामको पक्षी पनि अहिले भेटिएको चौधरीले बताए ।

गतवर्ष नदेखिएका विभिन्न चार प्रजातिका चरा यसवर्ष देखा परेको संयोजक चौधरीले बताए । “यस वर्षको गणनामा जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया प्रजातिका चरा फेला पारेका छन्”, उनले भने, “चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष यी प्रजातिका चरा गणना भएका थिएनन् ।”

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातीका चरा पाइने गरेका छन् । ती मध्ये नारायणी नदी क्षेत्रमा यसवर्ष उक्त प्रजाती फेला परेको जनाइएको छ । नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो । सिघ्रौलीदेखि अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो । गत वर्षको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक अनुमान गरिएको छ ।

“यस वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ”, चौधरीले भने “प्रत्येक वर्ष नेपालमा क्रमिक रुपमा चराको सङ्ख्या घटिरहेको छ ।” साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उनले बताए ।

“कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्”, चौधरीले भने, “यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेका छन् ।” निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरै नै कमी आएको चौधरीले बताए ।

Artha Sanjal
मिती : २७ पुष २०७९, बुधबार १७:३४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन

हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)

ताजा समाचार

  1. फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
  2. आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन
  3. हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर
  4. स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)
  5. सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
  6. नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच
  7. बजारमा आउन थाले विसं २०८० का पात्रो

विजनेश फोकस

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अन्त: शुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य प...

वाणिज्य विभागद्वारा दुई रेष्टुराँलाई एक-एक लाख ...

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्त...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.