सबैभन्दा बढी खुद मुनाफा गर्ने बैंक ग्लोबल आईएमई !

ग्लोबल आईएमई बैंक चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंक बनेको छ । बैंकले पुस मसान्तसम्म २ अर्ब ६६ करोड रूपैयँ नाफा गरेको हो जुन गत आवको यही अवधिभन्दा ३५ करोड रूपैयाँ बढी हो ।

बैंकले गत वर्षको पुस मसान्तसम्म २ अर्ब ३१ करोड ५१ लाख रूपैयाँ रूपैयाँ खुद मुनाफा गरेको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रूपैयाँ छ ।

बैंकको ईपीएस २२।३९ रूपैयाँ कायम भएको छ । यस्तै पीई रेसियो १४।५६ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४।९७ रूपैयाँ छ ।

बैंकले ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्षको पुस मसान्तसम्म ४ अर्ब ७७ करोड रूपैयाँ थियो । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेको छ भने खराब कर्जा र ब्याजदर स्प्रेड कम भएको छ । वित्तीय विवरणअनुसार कस्ट अफ फन्ड, बेस रेट, खराब कर्जा र ब्याजदर स्प्रेड क्रमशः ६।१६, ७।९९, १।१३ र ३।५२ प्रतिशत छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : ४९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *