सनराइज बैंकको बित्तिय अपराध, राष्ट्र बैंकको आँखा छल्दै लुकायो खराव कर्जा

काठमाडौं । पटक पटक कारबाहीमा परेकाे सनराइज् बैंकले खराज कर्जामा किर्ते गरेको पाइएको छ । राष्ट्र बैंकलाई छलेर नियम विपरित कर्जाको प्रिमियमदर बढाएर ब्याज असुलको बाटो अपनाएको यस  बैंक राष्ट्र बैंककै कार्बाहीमा परेपछि आफूलाई सक्षम देखाउन खराव कर्जा लुकाउने अर्को प्रपन्च गरेको हो ।

बैंक व्यबस्थापनको असक्षमताका कारण बैंकको खराव कर्जा अनुपात करिव ४ प्रतिशत पुगेको छ । तर सिइओ शुमन शर्माले त्यसलाई ढककछोप गर्न लगाई २.९८ प्रतिशत मात्र देखाएका छन् । जथाभावि कर्जा परिचालन गरेपछि बैंक संकटतिर अघि बढेको छ । बैंकको खराव गतिविधि रोक्न नेपाल राष्ट्र बैंकले तीनमहिनामा ३ पटक उक्त बैंकलाई काबार्हही गर्नुपरेको छ ।

बैंकको नाफामा अत्याधिक गिरावट आएपछि सिइओ शुमन शर्मा अहिले तनाबमा छन् । यस बैंकको ६१ प्रतिशत भन्दा बढीले नाफा घटेको छ । २०७८ असोजसम्म १.१३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुमापत चालु आव २०७९ मा आइपुग्दा बढेर २.९८ प्रतिशत देखिएको छ । बैंकको प्रतिवेदनमा देखाइएको उक्त खराव कर्जा बैंकको नेतृत्वले घटाएर कम देखाउन लगाएको हो ।

माछापुच्छ्रे बैंकमा रहदा सञ्चालक समितिले सुमन शर्मालाई व्यवसाय विस्तारको टार्गेट दिएका थिए। सञ्चालकको टार्गेट पूरा गर्न नसक्दा शर्मालाई बैंकबाट हटाईएको थियो। यसबाट पनि उनको असक्षमता प्रस्ट देखिन्छ।

नेपाल राष्ट्र बैंकबाट पटक पटक कारबाही

सनराइज् बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट सर्वाधिक कार्बाहीमा पर्ने बैंकको रुपमा रेकर्डेट भएको छ । विभिन्न समयमा विभिन्न असंबैधानिक कार्यमा संलग्न हुनुका साथै संचालक समिति अध्यक्षसँग प्रमुख कार्यकारी अधिकृतको साँठगाँठले बैंक संकटको दिशातिर अघि बढेको छ ।

चालु आर्थिक बर्षको  पहिलो त्रैमासमा यो बैंकलाई राष्ट्र बैंकले ३ पटक कारवाही गरिसकेको छ । पछिल्लो पटक नियम विपरित कर्जाको प्रिमियमदर बढाएर ब्याज असुल गरेपछि सनराइजलाई राष्ट्र बैंकले अर्को कार्बाही गर्नुपरेको हो ।

राष्ट्र बैंकबाट बित्तीय विवरण अस्वीकृत, लाभांश दिन असक्षम

हरेक बर्ष राष्ट्र बैंकको कारबाहीमा पर्ने गरेको सनराइज बैंकले यसपटक सेयरधनीको हात खाली बनाएको छ । शर्मा नेतृत्वको यस बैंकले लगानीकर्तालाई लाभांश समेत वितरण गर्न सकेन ।

बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गर्‍यो । सनराइज बैंकले आर्थिक वर्ष २०७७/७८ मा पनि जम्मा ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

बैंकको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र अनुसूचिहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको छैन ।

बारम्बार फोन गरेर यस विषयमा जानकारी लिन खोज्दा बैंकका सूचना अधिकार अपच कुमार यादवको फोन उठेन । कार्यलयमै पुगेर जानकारी लिन खोज्दा समेत विभिन्न बहाना बनाएर बैंक पन्छिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *