काठमाडौं । गीतकार दिनेश अधिकारी, संगीतकार अशोक राई (भारत) र गायक अर्जुन रसाइली (अमेरिका)लाई यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार प्रदान गरिएको छ ।
गायक एवं संगीतकार पेमा लामाको प्रमुख आतिथ्यमा दार्जिलिङको मिरिकमा गत मंगलबार आयोजित कार्यक्रममा अम्बर गुरुङ सालिक संरक्षण समितिले गीतकार अधिकारीलाई ५१ हजार रुपैयाँ नगद र ताम्रपत्रसहितको पुरस्कार प्रदान गरेको हो ।
त्यस अवसरमा गीतसंगीत र गायन क्षेत्रका आवद्ध व्यक्ति एवं कलाकारले स्वर्गीय गुरुङका गीत प्रस्तुत गरेर उनीप्रति सम्मान प्रकट गरेका थिए । रासस
Artha Sanjal
अर्थ सन्जाल