बैंकले गत माघ ३ गतेदेखि एभरेष्ट बैंक डिबेन्चर २०८६ नामक ऋणपत्र जारी गरिरहेको छ । जसमा हालसम्म अर्थात माघ ५ गते अपरान्ह ४ बजेसम्ममा २ हजार ३९२ जना आवेदकले १ लाख २१ हजार ६६९ थान ऋणपत्रको लागि आवेदन दिएका सीडीएस एण्ड क्लियरिङ्गले जनाएको छ ।
बैंकले माघ ३ गतेदेखि एक हजार रुपैयाँ दरको २० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ८ लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
उक्त ऋणपत्र निष्काशन बन्द छिटोमा माघ ६ हुने छ । यससँगै इच्छुकले भोलि अर्थात माघ ६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन पाउने छन् । यदि उक्त समयसम्म कम्पनीको माग अनुसार आवेदन नपरेमा बैंकले ऋणपत्र निष्काशन खुलाको मिति थप्ने छ ।