मेगा बैंकको कामु सीईओको जिम्मेवारी तुल्सीराम पोखरेललाई

मेगा बैंक नेपाल लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तुल्सीराम पोखरेलले पाएका छन्।

बैंक सञ्चालक समितिको गत पुस ७ गते बसेको बैठकले पुस ९ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि कामु सीईओबाट रविना देशराज श्रेष्ठले राजीनामा दिएकी थिइन्। उनको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *