इष्टर्न हाइड्रोपावरद्वारा साधारणसभा आह्वान

इष्टर्न हाइड्रोपावर लिमिटेडद्वारा साधारण सभा आह्वान गरेको छ । संस्थाले यहि पौस ३० गते होटेल हार्दिक, बागबजार, काठमाडौंमा आह्वान गरेको हो । सभा विहान ८ बजेदेखि सुरु हुनेछ ।

आथिर्क वर्ष २०७८/०७९ को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बांडफांड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसंग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु पारीत गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका महत्वपुर्ण प्रस्ताव रहेको छ ।

साधारण प्रयोजको लागि पौस २० गतेका दिन सेयर दर्ता पुस्तिका तथा सेयर दाखिला खारेज गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *