अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडीबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने बताएकी छिन् ।

मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउँदै आयात प्रतिस्थापन गर्ने गरी कृषिजन्य उत्पादनलाई बढाउनुपर्नेमा जोड दिइन् ।

बुटवलमा रूपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रबारे चिन्ता व्यक्त गरेकी छिन् ।

देशको व्यापार घाटा बढिरहेको, आयात झनै विस्तार भएको र मुद्रा सञ्चितिमा अभूतपुर्व चाप परेको भन्दै उनले अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन् ।

युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्नेमा उनले जोड दिइन् । राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *