सुनचाँदीको मूल्य फेरि उकालो लाग्दै, कति छ आजको बजार भाउ ?

नेपाली बजार बिहीबार पनि सुनको मूल्य उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *