

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७७–७८मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हुँदा आयकर ऐन २०५८बमोजिम सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनका लागि नगद लाभांश छुट्याएको छैन ।
प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल