अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पर्यटकीय सम्भावनाको बागलुङको निसेलढोर अन्धकारमा

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर । यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँले पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ ।

नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्ष पनि यही पर्छ । पुशपालन, कृषि, पर्यटन र जडीबुटीका उत्पादनका लागि निसेलढोर अगाडि रहे पनि विकासमा भने वर्षौँदेखि पछाडि परेको छ । यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन् । केही समय अगाडि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत्, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुग्न सकेको छैन ।

यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन् । जिल्लाको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरबाट गाउँपालिकाको केन्द्रमा पुग्नै झण्डै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानु पर्छ ।

एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेँसी (निसीगाउँ) र गर्मीयाममा लेक (निसेलढोर) गर्ने गर्थे । अहिले सिजनअनुसार बसाइँसराइ गर्न छाडेर स्थायीरूपमै स्थानीय यहाँ बस्ने गर्छन् । यहाँ करिब ६० घरपरिवार स्थायीरूपमा बसोबास गर्ने गर्छन् । वर्षात्को समयमा करिब चार सय बढी परिवार यहाँ बस्ने स्थानीय वीरबहादुर विकले बताए । उनका अनुसार यो सिजनमा पनि निसेलढोरमा २५ घरपरिवार बस्दै आएका छन् ।

चिसो बढेपछि अधिकांश मङ्सिर पहिलो साता नै निसीगाउँमा झरिसकेका छन् । उनीहरु अब असार लागेपछि मात्रै ढोर उक्लिने छन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्पराजस्तै हो । उनीहरुले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा लेक–बेँसी गर्नुपरेको हो । अहिले चिसोले दैनिकी कष्टकर बन्दै गएको विकले बताए ।

“अहिले बिहान र बेलुका बाहिर गएर काम गर्न सकिन्न, चिसो धेरै बढेको छ, बिजुली अहिलेसम्म आएको छैन, दाउरा, दियालो बालेर रात बिताउँछौँ, यो ठाउँमा बिजुली बलेको हेर्ने ठूलो धोको छ, तर आउलाजस्तो लाग्दैन”, विकले भने, “पहिले मोटरबाटो थिएन, अहिले गाडी नहिँडे पनि बाटो पुगेको छ ।”

निसेलढोरमा विद्युत् पुर्‍याउनका लागि सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ । विकले भने, “बेँसी झर्दा सरोकारवाला निकायलाई धेरैपटक भन्यौँ निसेलढोरमा बिजुली चाहियो भनेर तर वास्ता गरिएन, अन्धाकारमा छौँ हामीहरू, सरकारले हाम्रो समस्या नसुन्दा दुःख लाग्छ ।”

स्थानीय मनिराम घर्तीमगरले निसेलढोरमा आन्तरिक पर्यटक पुग्ने गरेको भन्दै विद्युत्को सुविधा नहुँदा बास नबसी फकर्ने गरेको बताउछन् । उनले यस ठाउँ पर्यटकको रोजाइमा परेको सुनाउँदै विद्युत्को पहुँच पुगेको भए यहाँका नागरिकको जीवनस्तर फेरिन धेरै समय नलाग्ने बताए ।

घर्ती मगरले भने, “निसेलढोर बागलुङकै सबैभन्दा सुन्दर ठाउँ हो, यहाँको मुख्य समस्या अहिले विद्युत्को छ, विद्युत् नहुँदा सयौँ स्थानीय अन्धकारमा बस्न बाध्य छन्, पर्यटकहरू आए पनि एकरात नबसी फर्कन्छन्, विद्युत् भएको भए उनीहरूलाई एक–दुई दिन यहाँ राख्न सकिन्थ्यो, त्यसबाट स्थानीयवासीले केही रकम आम्दानी गर्न सक्थे ।”

केही वर्ष अगाडि यहाँ मोटरबाटो पुगेपछि स्थानीयवासीलाई यहाँ उत्पादन भएका स्याउ, सिमी, भाँगो र अन्य उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहज भएको छ । विगतदेखि नै ओझेलमा पर्दै आएको यो ठाउँले अहिलेसम्म मुहार फेरिन नसकेको गुनासो पोखे ।

“यहाँका स्थानीयवासीको अहिलेको आवश्यकता स्वास्थ्य र विद्युत् हो, विद्युत् नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न कि उत्तरगङ्गा जानुपर्छ, कि निसीगाउँमै पुग्नुपर्छ”, उनले भने, “कोही बिरामी पर्‍यो भने त झन् बुर्तिबाङ पुर्‍याउनुपर्छ, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन पूरै लाग्छ, भनेको बेला गाडी पाइँदैन, दुर्गममा छौँ, हाम्रो दुःख कसैले बुझ्न सकेको छैन ।”

निसेलढोर क्षेत्रमा कुँडे, मस, झुललगायतका आधा दर्जन बढी गाउँ पर्छन् । यी कुनै पनि गाउँमा विद्युत्को पहुँच छैन । निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले भौगोलिक हिसाबले दुर्गममा हुँदा विकासमा पछाडि परेको बताए । उनले गाउँपालिकाले यहाँका स्थानीयवासीका समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएको जानकारी दिए।

अहिले यहाँ कक्षा ५ सम्म पढाइ हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको छ । स्वास्थ्य एकाइ स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको गौतमको भनाइ छ । विद्युत् विस्तारका लागि पनि गाउँपालिकाले सम्बन्धित निकायसँग माग गरेको उनले बताए । रासस

Artha Sanjal
मिती : ६ पुष २०७९, बुधबार ११:४७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार

ताजा समाचार

  1. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  2. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  3. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  4. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  5. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
  6. अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण
  7. वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.