अर्थ सन्जाल
८ चैत्र २०७९, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
८ चैत्र २०७९, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पर्यटकीय गन्तव्यमा फितलो व्यवस्थापन

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


भीमदत्त नगपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पयृटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुल क्षेत्र वरपर सार्वजनिक शौचालय नभएको दुःखेसो पोखे । विसं २०६० को दशकमा दोधारा चादँनी नगरपालिकालाई पहिलोपटक मूलधारसित जोडेको एसियाकै लामो करिब डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बने पनि पुल क्षेत्र वरपर भने कुनै खालको सुविधा नभएको यहाँ आउने पर्यटकको गुनासो छ ।

“पुल हेर्न आउने पर्यटकलाई एउटा सार्वजनिक शौचालय बनाइदिनुप¥यो भनेर भीमदत्त नगरपालिकासित गुहार गरेको धेरैपटक भयो”, वडाध्यक्ष बोहराले भने, “तर अहिलेसम्म शौचालय बनाउने सुरसार छैन ।” झोलुङ्गे पुल टुटफुट हुँदा मर्मत गर्नेबाहेक पर्यटक लोभ्याउने अन्य संरचना निर्माणमा सरोकारवालाको ध्यान छैन ।

हिउँदका समयमा हरेक वर्ष मुलुकभरबाट शैक्षिक भ्रमणका लागि हजारौँ विद्यार्थी अवलोकनका लागि यहाँ आउने गरेका छन् । पुल छेउछाउमा स्तरीय होटल नहुँदा आउने पर्यटकले एक छाक खाना पाउने स्थिति नरहेको कैलालीको लम्कीका गणेश बजगाईँले बताए । “यति सुन्दर झोलुङ्गे पुल छ तर अरु व्यवस्था केही पनि रहेनछ ।” पुलमा भेटिएका उनले भने, “पर्यटकीय गन्तव्य भएर के गर्नु रु संरक्षण र थप सुन्दर बनाउने त ध्यान नै नहुँदोरहेछ ।”

महेन्द्रनगर बजारबाट करिब १० किलोमिटर दूरीमा रहेको झोलुङ्गे पुल अर्को पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा पर्छ । झोलुङ्गे पुलसँगै निकुञ्जको पिपरियामा हात्तीसारमा समेत पर्यटक अवलोकनका लागि आउने जाने गर्छन् तर त्यहाँ पुग्ने सडक कालोपत्र हुनसकेको छैन । भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष बोहराले झोलुङ्गे पुलमा भीमदत्त नगरपालिकाले सौर्यबत्ती जडान गरिएको बताए ।

“पुललाई झिलिमिली बनाउन सके पर्यटकको यहाँ आइरो नै लाग्थ्यो”, उनले भने, “रातिको बत्ती व्यवस्थापनका लागि सोच्दैछौँ ।” वडाध्यक्ष बोहराले अहिले दैनिक तीन सयदेखि पाँच सय पर्यटक यहाँ आउने गरेको जानकारी दिए ।

त्यसैगरी विश्वमै दुर्लभ बाह्रसिङ्गाको ठूलो झुण्ड देख्न पाइने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षहरूमा पर्यटक आवागमन बढे पनि सडक पूर्वाधारका कारण वर्षात्मा जान सकिन्न । निकुञ्ज कार्यालयले आन्तरिक सुधारका कामलाई गति दिए पनि निकुञ्ज वरपर होटल व्यवसाय पुग्न सकेको अवस्था छैन ।

यहाँ असोजदेखि जेठसम्म पर्यटक धेरैजसो घुम्न आउँछन् । पछिल्लो गणनामा यहाँ पाटेबाघको सङ्ख्या वृद्धि भएर ३६ वटा पुगेको छ । यहाँ शुक्लाफाँटाको प्रचार–प्रसारका लागि भीमदत्त नगरपालिकाले हरेक वर्ष पर्यटन महोत्सव आयोजना गरिरहेको भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा शुक्लाको प्रचार–प्रसारमा कमी छ ।

शुक्लाफाँटाभित्रको मुलुककै ठुलो घाँसेमैदान पुग्ने सडक भने अहिले स्तरोन्नति गर्दै लगेको निकुञ्ज कार्यालयले जनाएको छ । भीमदत्त नगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा यहाँका पर्यटकीयस्थललाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

नीतिमा यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएको भीमदत्त नगरपालिका–१९ बागफाटा र भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुलको क्षेत्रमा पर्यटक आकर्षित गर्न सम्भाव्यता अध्ययन गरी निजी तथा सहकारी क्षेत्रको सहकार्यमा पर्यटकीय पूर्वाधार विकास गरिने बताइएको छ । यहाँका धार्मिक तथा पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन पश्चिमीनाका गड्डाचौकीमा रहेको नेपाल पर्यटन बोर्डको शाखा कार्यालय बन्द अवस्थामा छ ।

“दुई वर्षयता उक्त कार्यालय सञ्चालनमा छैन”, शाखाका पूर्वकर्मचारी थानेश्वर लेखकले भन्नुभयो, “मलाई बोर्डले कोरोनाका कारण देखाउँदै हटायो ।” यसअघि भीमदत्त नगरपालिकाले पर्यटन बोर्डको क्षेत्रीय कार्यालय कञ्चनपुरमा स्थापनाको सम्झौता गरिए पनि पछिल्लो समय उक्त कार्यालय भने धनगढीमा स्थापना गरिएको उनको भनाइ छ ।

यहाँ झिलमिला ताल, बेदकोट ताल, लिगा क्षेत्रलगायतका दर्जनौँ पर्यटकीयस्थल रहे पनि तिनको व्यवस्थापन र प्रचार–प्रसार हुनसकेमात्रै पर्यटन व्यवसाय पनि फस्टाउने यहाँस्थित राना थारू होमस्टेका सचिव चेतराम रानाले बताए ।

उनले यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्र धेरै भए पनि प्रचार–प्रसार र व्यवस्थापनको कमजोरी रहेको बताए । “वनभोजस्थल बनाउनेदेखि पर्यटकीय ठाउँसम्म पुग्ने सडकसमेत बनेको स्थिति छैन”, उनले भने, “सबैतिर सुविधासहितको पर्यटकीयस्थल बने पो पर्यटक घरबासमा आएर बस्छन् ।” शुक्लाफाँटामा वर्षात्का बेला पर्यटक जान प्रतिबन्ध हुँदा पनि यहाँ पर्यटक आवागमनमा कमी आएको उनको भनाइ छ ।रासस

Artha Sanjal
मिती : ६ पुष २०७९, बुधबार ११:३९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकारमा विशेष छुट

निफ्राका संचालकबाट आइएमई ग्रुपका ढकालले दिए राजिनामा

आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला

सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर

ताजा समाचार

  1. महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकारमा विशेष छुट
  2. निफ्राका संचालकबाट आइएमई ग्रुपका ढकालले दिए राजिनामा
  3. आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला
  4. सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर
  5. एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य
  6. जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै
  7. स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल

विजनेश फोकस

स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.