

नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ७०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको मूल्य तोलामा १ रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ४०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल