नापी अधिकृतहरूसहित १४ जनाविरुद्ध अख्तियारको मुद्दा

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रूपन्देहीका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा  विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

रूपन्देही, साबिक दुधराक्ष गाबिस–७ (क) र वडा-२ (क) को जग्गा नापी कार्यालय, रूपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिली फायल नक्सा तयार गर्दा सार्वजानिक कुलोको जग्गासमेत समावेश गरी नक्सा तयार गरी सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमतो रहेको पाइएको अख्तियारको भनाइ छ । 

नियम विपरित बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको र भित्री ग्राभेल सडक भएको जग्गाको न्यूनतम मुल्यांकनअनुसार घुसाएको जग्गाको १० लाख ६५ हजार दुई सय पाँच रुपैंया पचास पैसा बराबर हिनामिना गरेको आरोप छ । 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *