सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा (मंगलबार) सुनको  मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ४०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको मूल्य स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *