

नेपाली बजारमा (मंगलबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ४०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको मूल्य स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल