अपर हेवाखोला हाइड्रोपावरले बोलायो वार्षिक सभा, के-के छन् एजेन्डा ?

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार (मंसिर २५ गते) बसेको बैठकले गरेको निर्णयानुसार आउँदो पुस २१ गते सभा काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण सेयरधनी समूहबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । सभाले सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

सभाले वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पनि पारित गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस ४ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *