ग्लोबल आइएमई बैंकको संस्थापक समूहको सेयर बिक्रीमा आएको छ।
बैंकले आफ्ना केही संस्थापक सेयरधनीहरुका नाममा रहेको सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको रजिस्टर्ड कार्यालयमा निवेदन दिन पनि बैंकले आग्रह गरेको छ।







