

एभरेष्ट बैंकको लाभांश साधारणसभाबाट पारित भएको छ । बैंकको सोमबार सम्पन्न भएको २८औँ वार्षिक साधारणसभाले २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारितका लागि साधारण सभामा पेसभएको छ ।
कम्पनीले हालै ७ प्रतिशत अग्राधिकार सेयर साधारण सेयरमा परिणत गरेपछि पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल