यसपटक सनराइज बैंकका लाखौ सेयरधनीको हात खाली

सनराइज बैंक लिमिटेडले यसपटक लगानीकर्ताको हात खाली राख्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंक सञ्चालक समितिको आइतबार दिउँसो बसेको बैठकले सेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। जसअनुसार बैंकले सेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर वितरण गर्ने छैन।

बैठकले बैंकको गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह वितरणलगायतका वित्तीय विवरण तथा अनुसूचीहरु राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय पनि गरेको छ।

बैंकले आर्थिक वर्षमा २०७७/७८ मा ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *