

नेपाली बजारमा सोमबार सुनको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख २०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल