सिटी एक्सप्रेसद्वारा दसैँतिहार योजनाको उपहार हस्तान्तरण, विजेताले पाए ५ तोला सुन

सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौंस्थित होटेल अलफ्टमा ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

यस योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीलाई ‘५ तोला सुन’, यूकेबाट रेमिट्यान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरियाबाट रेमिट्यान्स पठाउने रीनाकुमारी तामाङलाई १ तोला सुन, मलेसियाबाट रेमिट्यान्स पठाउने पुरण रोकालाई १० तोला चाँदी, जापानबाट रेमिट्यान्स पठाउने रवीन्द्र मानन्धरलाई १० तोला चाँदी, कुवेतबाट रेमिट्यान्स पठाउने सुनिता दराईलाई १० तोला चाँदी हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम, नेपाली चर्चीत नायिका पूजा शर्मा, नेपाल इन्भेस्टमेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिति थियो।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६३ दिनसम्म चल्ने यो उपहार योजना घोषणा गरेको थियो।

सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदीका साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एकजना भाग्यशाली मेगा बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो। जसअन्तर्गत १ हजार ८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर), ९ जनाले साप्ताहिक उपहार (१०–१० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१–१ तोला सुन) जित्न सफल भएका छन्।

यो योजना भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म चलेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *