अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

  • अर्थ सन्जाल
  • २१ मंसिर २०७९, बुधबार १७:१६


सानिमा बैंकले आज बुधबार विविध कार्यक्रमहरु आयोजना गरी आफ्नो १८ औँ वार्षिकोत्सव मनाएको छ।

यसै अवसरमा केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले अनवरत रुपमा १० वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकका रुपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गर्दै बैंकलाई सफल बनाउन सहयोग गर्ने बैंकका संचालक समिति, व्यवस्थापन समूहलगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालामा कृतज्ञता व्यक्त गरे।

यसका साथै आगामी दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने पाण्डेले जानकारी गराए। उक्त कार्यले कर्मचारीहरुको वृत्ति विकास भई गुणस्तरीय कार्यसम्पादन मार्फत ग्राहक सेवामा थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाण्डौमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल तीनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा बैंकका कर्मचारी तथा  अन्य स्थानीय रक्तदाताहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ।

त्यसैगरी आगामी पुस ९ गतेसम्म देशका सातैवटा प्रदेशमा रहेका शाखाहरुमार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाइएको छ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

बैंकले वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नवीनतम प्रविधिको प्रयोग गरी आफ्नो वेवसाइटलाई थप सुविधा सहित परिष्कृत रुपमा सञ्चालनमा ल्याएको छ। उक्त वेबसाइटमार्फत विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो शेयरको आवेदन दिन सकिनेछ।

यसका साथै विदेशमा बस्ने नेपालीहरुले ई–केवाईसी तथा भीकेवाईसीबाट खाता अद्यावधिक गर्ने सुविधा पनि लिन सक्नेछन्।

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालय र १२३ वटा एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन्।

Artha Sanjal
मिती : २१ मंसिर २०७९, बुधबार १७:१६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

सचिवको सरुवा र पदस्थापन

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

ताजा समाचार

  1. ‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
  2. सचिवको सरुवा र पदस्थापन
  3. युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
  4. मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
  5. भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना
  6. विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
  7. मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विजनेश फोकस

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन...

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्...

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी ...

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ, सूचना प्रव...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.