स्याङजा–२ : धनराज गुरुङसँगको मतान्तर घटाउँदै एमालेकी पद्मा अर्याल

स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना जारी छ । त्यहाँ सत्ता गठबन्धनबा नेपाली कांग्रेसका धनराज गुरुङ र नेकपा एमलेकी पद्मा अर्याल मुख्य प्रतिस्पर्धी रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ४० हजार मत गणना भइसक्दा कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले १६ हजार ७३६ मत पाएका छन् भने एमाले सचिव अर्यालले १५ हजार १६४ मत प्राप्त गरेकी छन् ।

कालीगण्डकीको मतगणना हुँदा अर्यालले गुरुङको अग्रता केही खुम्च्याएकी छन् । यसअघि उनी २१ सय बढी मतले पछि परेकी अर्याल पछिल्लो मतपरिणामअनुसार १ हजार ५७२ मतले पछि छिन् ।स्याङजा २ मा स्वतन्त्र पार्टीका टिबहादुर गुरुङले ६ हजार २६६ मत पाएका छन् । कुल ७० हजार मत खसेकोमा अझै ३० हजार गन्न बाँकी छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *