आइएमइ लिमिटेडले सर्वसाधारणलाई आइपीओ मा सेयर जारी गर्ने भएको छ। शुक्रबार कम्पनीको २२औं बार्षिक साधारणसभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो।
सेयर जारीपछि रेमिटेन्स कम्पनी आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनी बन्नेछ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरुको सुझाव र सल्लाहकै वाबाजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे ।
आइएमई ग्रुपक प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको जानकारी दिए।
Artha Sanjal






