अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

मधेस प्रदेश : सरकार बनाउन अन्योल, केन्द्रको समीकरण कुर्नुपर्ने बाध्यतामा दलहरू

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


दुई गठबन्धनसहित चुनावमा गए पनि कसैको बहुमत नआएपछि मधेस प्रदेशमा कसको र कसरी सरकार बन्छ भन्ने अन्योल देखिएको छ । सरकार बनाउन सङ्ख्या नपुगेको र केन्द्रको समीकरण पनि कसरी अगाडि बढ्छ भन्ने प्रष्ट भइनसकेकाले यहाँका नेताहरू समेत अन्योलमा परेका छन् ।

सत्तागठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भइरहे पनि केन्द्रको निर्देशन र समानुपातिकतर्फको परिणाम आएपछि नै ठोसरूपमा अगाडि बढ्ने बताए । उनले गठबन्धनका सबै दल र त्योभन्दा बाहिर रहेकासँग पनि कुराकानी भइरहेको बताए । “समानुपातिकको परिणाम आउँछ त्यसपछि सरकार बनाउने अवस्थाका बारेमा घनीभूत छलफल गर्छौं”, यादवले भने, “अहिलेकै अवस्थामा गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउनेमा हामी सबैको एक मत छ । त्यहीअनुसार अगाडि बढिरहेका छौँ ।”

सत्तागठबन्धनकै अर्को घटक नेकपा (माओवादी केन्द्र) का नेता भरत साहले पनि गठबन्धनलाई नै अगाडि लिएर जाने बताए । “केन्द्रको निर्देशन आउला तर अहिले हामी गठबन्धनका नेताहरू छलफलमै छाैं । पुगनपुग सङ्ख्या स्पष्ट भएपछि त्यहीअनुसार थप रणनीति बनाउँछौँ”, साहले भने । नेकपा (एमाले)–जनता समाजवादी पार्टी (जसपा) गठबन्धन पनि आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफलमै छ ।

एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले प्रदेश कमिटीको बैठक बसेर यस विषयमा पार्टीको धारणा बनाउने बताउए । उनले आफू पक्षीय गठबन्धन दल मिलेर सरकार बनाउने सम्भावना र अरु विकल्पका बारेमा केन्द्रको निर्देशन र प्रदेश कमिटीको निर्णयअनुसार अगाडि बढ्ने बताए ।

त्यसैगरी जसपाका नेता एवं मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपा तेस्रो दलको हैसियतमा रहेकाले अरु दलको निर्णय र आवश्यकताका आधारमा अघि बढ्ने बताए । उनले एमालेसँग उभिएर चुनावमा गएको तर दुई पार्टी मिलेर सरकार बन्ने अवस्था नरहेकाले राष्ट्रिय राजनीतिक समीकरण र जनताको ‘म्यान्डेड’ अनुसार प्रदेश सरकारबारे निर्णय हुने धारणा राखे । “हाम्रो सङ्ख्या पुग्दैन, अर्को गठबन्धनको अवस्था पनि त्यस्तै छ”, राउतले भने, “केन्द्रको अवस्था के हुन्छ ? अरुले पनि विकल्पका बारेमा कुरा गर्लान् । परिस्थितिअनुसार हामी अगाडि बढ्छौँ ।”

दुवै गठबन्धनको सरकार बनाउन सङ्ख्या नपुगेको अवस्थामा जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरू निर्णायक हुने देखिएको छ । यी दुवै गठबन्धनका नेताहरूको ध्यान पनि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारमै छ । कांग्रेस प्रदेश सभापति यादवले पनि जनमत पार्टीलगायत स्वतन्त्रहरूसँग छलफल गरेर अगाडि बढ्ने बताए ।

तर जनमत पार्टीका प्रवक्ता बिपी साहले भने सकेसम्म आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने गरी छलफल भइरहेको बताए । ‘एक्लै चुनाव लडेको हिसाबले हामी सबैभन्दा ठूलो पार्टी हो, त्यसैले आफ्नै नेतृत्वमा सरकार बनाउन लाग्छौँ’ साहले भने, “अन्यथा शक्ति बाँडफाँट कसरी हुन्छ त्यहीअनुसार अगाडि बढ्छौँ ।”

कुन गठबन्धनमा जाने गरी कुरा भइरहेको छ भन्ने जिज्ञासामा साह भन्छन्, “हामी खुला छौँ, अरु पार्टीले औपचारिकरूपमा संवाद सुरु गरेको अवस्था छैन ।” लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै समानुपातिकको नतिजापछि यस विषयमा गम्भीर छलफल गर्ने बताए । उनले गठबन्धन बहुमतको नजिक रहेको र समानुपातिकको सङ्ख्या हेरेर रणनीति बनाउने बताए । “हामी छलफलमै छौँ । स्वतन्त्ररूपमा जित्नुभएका साथीहरू पनि सम्पर्कमै हुनुहुन्छ । त्यसैले चाँडै अन्योलता चिर्छौँ”, सोनलको भनाइ थियो ।

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ लोकतान्त्रिक–वाम गठबन्धनमा अहिले २८ र एमाले–जसपा गठबन्धनमा २४ मत छ । यहाँ एमालेले १५, कांग्रेसले १३, माओवादी केन्द्र र एकीकृत समाजवादीले चार/चार, जसपाले नौ, लोसपाले सात, जनमत पार्टी र स्वन्तन्त्र उम्मेदवारहरूले छ/छ सिट जितेका छन् ।

Artha Sanjal
मिती : १३ मंसिर २०७९, मंगलवार १९:४६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

ताजा समाचार

  1. ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी
  2. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  3. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  4. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  5. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  6. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  7. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.