अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

आहा रारा पोखरा गोल्डकपलाई हिमश्रीको साथ

  • अर्थ सन्जाल
  • १३ मंसिर २०७९, मंगलवार १९:३०


हिमश्री फुड्सले प्रालिले यहाँको चर्चित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई थप १० वर्ष मुख्य प्रायोजन गर्ने भएको छ । सहारा क्लब पोखराले २० वर्षअघिदेखि सञ्चालन गर्दै आएको सो फुटबल प्रतियोगितालाई हिमश्री फुड्सले सुरुआतदेखि नै मुख्य प्रायोजन गर्दै आएकामा थप १० वर्षका लागि तेस्रो पटक साथ दिने गरी सम्झौतामा आज हस्ताक्षर गरिएको हो ।

सम्झौतामा हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सहारा क्लबलाई मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले वार्षिकरूपमा आगामी पहिलो तीन वर्ष रु १८ लाख, दोस्रो तीन वर्ष रु २१ लाख, तेस्रो तीन वर्ष रु २४ लाख र विसं २०८८ मा रु २७ लाख सहयोग गर्नेछ । हिमश्री फुड्सले यसअघि दुई पटकसम्म उक्त प्रतियोगितालाई १०/१० वर्ष मुख्य प्रायोजकको रुपमा सहयोग गर्दै आएको छ ।

समाजसेवी उद्योगपति एवं पूर्वसांसद स्व सूर्यबहादुर केसीको पहलमा विसं २०५९ मा आहा गोल्ड कपबाट १० वर्ष सम्झौता भएको थियो भने विसं २०६९ देखि २०७८ को लागि दोस्रो पटक आहा रारा गोल्डकपका नाममा सञ्चालन हुँदै आएको हो । विगतमा आहा राराका नाममा सञ्चालन हुँदै आएको यस प्रतियोगिता आगामी संस्करणदेखि आहा रारा पोखरा गोल्डकप फुटबलका नामबाट सञ्चालन हुने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

कार्यक्रममा प्रालिका निर्देशक किरण केसीले सहारा क्लबको समाजसेवमा थप १० वर्ष जोडिन पाएकोमा खुसी व्यक्त गरे । पोखराको खेलकुदलाई प्रोत्साहन गर्ने आफूहरुको उद्देश्य रहेको उनले बताए । केसीले भने, “सहारा क्लब प्रतियोगिता मात्र होइन समाजसेवामा पनि जोडिएको छ । त्यसैले सकारात्मक काममा हाम्रो उत्पादनसँगै जोडिन पाएकोमा हामी केसी परिवार खुसी छौँ ।”

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले क्लवले सामाजिक कार्यमा बचत रकम खर्चिने भएकाले उक्त प्रतियोगिता सञ्चालन गर्दा पोखरा रङ्गशाला न्यूनतम सरसफाइ शुल्कबाहेक अन्य शुल्क लिन नमिल्ने बताए । गण्डकी प्रदेश खेलकुद परिषद्का निर्वतमान सदस्य सचिव तेजबहादुर गुरुङले व्यापारिक घरानाको सहयोगबाट नेपालको खेलकुद विकासमा योगदान पुग्ने बताए ।

पोखराको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसहित पोखरालाई स्पोर्टस् हब सिटीमा परिचित गराउँदै आएको छ । यस प्रतियोगिता नेपालको फुटबल इतिहासमा मोफसलको बर्सेनि निरन्तर आयोजना हुने प्रतियोगितामा पर्दछ । प्रतियोगिताबाट बचत हुने रकम क्लबले सञ्चालन गरेको फुटबल एकेडेमीमा खर्च हुँदै आएको छ । सो एकेडेमीमा देशका विभिन्न जिल्लाका विपन्न वर्गका बालक आवासीय अध्ययनसहित फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

Artha Sanjal
मिती : १३ मंसिर २०७९, मंगलवार १९:३० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

सचिवको सरुवा र पदस्थापन

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

ताजा समाचार

  1. ‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
  2. सचिवको सरुवा र पदस्थापन
  3. युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
  4. मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
  5. भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना
  6. विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
  7. मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विजनेश फोकस

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन...

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्...

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी ...

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ, सूचना प्रव...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.